
सुनाखरी न्युज/ काठमाडौं । मारवाडी समाजको धार्मिक एवं सामाजिक परम्परा अनुसार समाजका वन्धु वान्धवहरु भेलाभई एक आपसमा शुभकामना आदान प्रदान गरी आपसी भाइचाराको सम्बन्ध अभिवृद्धिका लागि हरेक वर्ष दिपावली स्नेह मिलन समारोह मनाउँदै आइरहेकोमा यस वर्ष पनिमारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवाग्रामगौधाम (धार्के) मारवाडी महिलामंच र मारवाडी युवा मंच सहित समाजका महानुभावहरुको उल्लेख्य सहभागितामा मिति २०८० कार्तिक २७ गतेका दिनअर्पण ब्याङ्क्वेट नयाँ बानेश्वरमा गणेशजी,भ महालक्ष्मीजीको तस्वीरमा माल्यार्पण एवं पुष्पअर्पण गर्दै भव्यएवं उल्लाषमय वातावरणमा मनाइयो ।
मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आगन्तुक महानुभावहरुको स्वागत गर्नु हुँदै शुभदीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामनादिनु भएको थियो । वहाँले आफ्नो शुभकामना मन्तव्यको क्रममा मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिकआपतविपतआदिमापुर्याउँदै आइरहेको सेवाकार्य बारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केहि दिन अघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षतीभएकोमा त्यस क्षेत्रमामारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याकगरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको जानकारी गराउनु भयो ।
मारवाडी सेवा समिति नेपालले उत्सवएवं समारोहहरुमाविभिन्न क्षेत्रमाउल्लेखनीय योगदानगर्ने महानुभावहरुलाई सम्मानगर्दै आइरहेकोमा सोहीअन्तर्गत १९औं एसियन गेम्स २०२३ माउत्कृष्ट प्रदर्शन गर्नु भएका राष्ट्रिय खेलाडीहरुको सम्मानकार्यक्रम राखिएकोमा१९ औं एसियाली खेलकुदमापुरुषक्रिकेट तर्फ नेपाली खेलाडीहरुले एउटै म्याचमाअति नै दुर्लभ ५ वटा विश्वकिर्तिमानबनाई विश्व सामु नेपाल र नेपालीको शिर उच्चपार्न सफलभएकोमासो क्रिकेट म्याचमा ९ बलमाअर्ध शतकबनाई विश्वकिर्तिमानबनाउन सफलश्री दिपेन्द्र सिंह ऐरीज्यू र ३४ बलमाशतकबनाई विश्वकिर्तिमानबनाउन सफलश्री कुशलमल्लज्यूलाई वहाँहरुको हौसलाएवं सम्मान स्वरुपजनही एक लाख एक हजार नगदसहित सम्मानपत्रप्रदान गरी सम्मानगरियो । साथै कराँते खेलतर्फ नेपाललाई रजतपदकदिलाई नेपालीको शिर उच्चपार्नमासफलहुनु भएकीसु एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरी सम्मानगरियो ।कार्यक्रममा नेपालक्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मानपत्रका साथै टोकन अफलभद्वारा सम्मानगरियो ।सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानश्री पवनअग्रवालज्यू र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मानपत्रका साथै टोकन अफलभद्वारा सम्मानगरियो । मारवाडी सम्मान कार्यक्रमको संचालन मारवाडी युवामंचका महासचिव प्रकाशकुमार केजरीवालले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवनमित्तल, मारवाडी महिला मंचकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवामंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्यदिनु भएको थियो । कार्यक्रमको अन्तमा उपस्थित महानुभावहरुलाई दिपावली स्नेह मिलन समारोह–२०८० तयारी समितिका संयोजक रमेश तापडि़याले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवाल गर्नु भएको थियो ।