२०८१ बैशाख २० , बिहिवार

७५औँ वार्षिकोत्सव मनाउँदै राष्ट्रिय माध्यमिक विद्यालय

Capture

सुनाखरी न्युज/ काठमाडौं । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव वर्षभर मनाउने गरी तयारीमा जुुटेको छ ।

आगामी मङ्सिर २० गते विद्यालय स्थापनाको ७४औँ वर्ष पूरा गरी ७५औँ वर्षमा प्रवेश गर्दैछ । विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलका नामबाट पोखरा–३ नदीपुरमा सञ्चालित उक्त विद्यालयलले २००७ सालमा स्थायी स्वीकृति लिएसँगै तत्कालीन राजा त्रिभुवनबाट रु एक हजार पाएपछि विद्यालय भवन निमार्ण थालिएको थियो ।

नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय त्यहाँबाट स्थानान्तरण गर्न जमिनको खोजी भएकामा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा सारिएको हो ।

त्यसपछि तात्कालिन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता गरिएको थियो । भवन निर्माणको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गर्नुुभएको थियो । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकामा चार जना उत्तीर्ण भएका थिए । विसं २०१५ देखि २०२८ को नयाँ शिक्षा लागू हुनुपूूर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । विसं २०५४ देखि विद्यालयले दस जोड दुईको पढाइ सञ्चालन सुरु गरेको सूूचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिनुुभयो ।

हाल ४४ जिल्लाका गरी एक हजार चार सय विद्यार्थी अध्ययनरत विद्यालयमा ५७ जना शिक्षक, कर्मचारी कार्यरत रहेको उहाँले बताउनुुभयो । पचहत्तरौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार विद्यालयमा अध्ययनरत पूूर्वविद्यार्थी, शिक्षक÷कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारी एवं सरोकारवालाबीचको भेलाले मूल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।

गठित दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा संयोजक रहनुुभएको छ भने सदस्य सचिवमा प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहनुुभएको छ ।
शनिबारको भेलामा एक सय ६८ जना उपस्थित रहेकामा सबैलाई मूल आयोजक समितिको सदस्यमा चयन गरिएको र आवश्यकताअनुसार सरोकारवाला अन्यलाई सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिनुुभयो ।

एक्काइस सदस्यीय कार्यसम्पादन समितिको उपाध्यक्षमा विद्यालयका जग्गा दाता रत्नाखर पराजुली परिवारकोतर्फबाट शिवप्रसाद पराजुली, सहसचिवमा कल्पना आचार्य बास्तोला, कोषाध्यक्षमा पूूर्वविद्यार्थी सूूर्यप्रसाद सुवेदी, सहकोषाध्यक्षमा विद्यालयका लेखापाल गीता अधिकारी लगायतलाई चयन गरिएको छ । रासस