२०८१ बैशाख २१ , शुक्रवार

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि रु २०० को क्यास ब्याक अफर

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्डप्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यास ब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म,बैंकको डेबिट कार्ड प्रयोगगरी एइक्वा ई–कमर्स करोबारमा क्यास ब्याक प्राप्त गर्न सकिने छ। क्यास ब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गदै आइरहेको छ ।