२०८१ बैशाख १६ , आइतवार

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

Capture

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (POS) मेसिनमा रु. एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन् । पस (POS) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको छ ।
यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।