२०८१ बैशाख २० , बिहिवार

बढ्यो सुनचाँदीको मूल्य

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनाको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर १ लाख १४ हजार १५० रुपैयाँ पुगेको छ । उता चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ ।

यो दिन कात्तिक कृष्ण द्वादशी अर्थात् धनतेरस पनि हो । धनतेरसका दिन सुनचाँदी, असर्फीको कारोबार धेरै हुने हुँदा पनि सुनचाँदीको भाउ बढेको हो । आज सुनचाँदी किनेर गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक मान्यता रहेको छ ।