२०८१ बैशाख १६ , आइतवार

नबिल बैंकको दराजसँग इएम आई अभियान

Capture

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएम आई अभियान सुरु गर्ने भएको छ। यो साझेदारी सँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएम आईमा रूपान्तरण गर्न सक्नेछन् ।

नबिल बैंकले यस सहकार्यमार्फत्क्रेडिट कार्ड प्रयोगकर्ताहरू लाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् । ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेल बाट आवेदन दिन आवश्यक छ । यस बाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधिखुलाई credit.support@nabilbank.com मा आवेदन दिनु पर्नेछ।

यस अभियानमा ग्राहकहरूले ६ महिना सम्मको लागि अतरिक्तलागतविना किस्ता सुविधा पाउनेछन्। तत्कालको लागि ५ हजारदेखि दुई लाख सम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ। साथै, नबिल बैंकले दराजको ११:११मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ । ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५%नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २०%नगद छुटको सुविधा पाउने जनाइएको छ। नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जाल सहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवाप्रदानगर्दे आएको छ। नबिल बैंकसँग हालसम्म १८ लाख भन्दा बढी ग्राहक संख्या पुगेको छ।