२०८१ बैशाख २३ , आइतवार

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित, नियमन गर्ने उद्धेश्य

Rekha-Sharma

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ ।

मन्त्रिपरिषदको  बिहीबार बसेको  बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।