२०८१ बैशाख २२ , शनिवार

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै क्षेत्रका सूचक घटे

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ११.८५ अंकले घटेर एक हजार ८ सय ५२ दशमलब ०८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ८३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता ५०७ रुपैयाँ पुगेको छ । यस्तै सनराइज ब्लुचिप फण्डको शेयरमूलय पनि ५ प्रतिशत भन्दा बढिले बढेको छ ।

 

आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.५८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।