२०८१ बैशाख २० , बिहिवार

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालकालागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँवर्कशप सञ्चालनमा ल्याएको छ ।

करिब ११,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएकोउक्तवर्कशपकोउद्घधाटनसिप्रदीकम्पनीजकाप्रमुखकार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोर्टसपेसेन्जर भेहिकलइन्टरनेशनलबिजनेस हेड मायाङ्कबल्डिले गर्नुभएको हो।नयाँवर्कशपमापेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेकोछ।

यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । यस्तै विशेषतःविद्युतीय गाडीको (इभी) चेकजाँचको लागिविशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाअन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा “बेहरु” रहेका छन् ।

उक्त समुद्घघाटन समारोहमाबोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनलबिजनेस हेड मायाङ्कबल्डिलभन्नभुयो, “ पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरु ग्राहकहरुको नम्बर १ रोजाईमा पर्न सफलभएका छन् । जब कुनै ग्राहकले टाटाका कुनै उत्पादनखरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथिअधिकार प्राप्तगर्दछ र सो अधिकार पूरा गर्ने दायित्वकम्पनीको हो । टाटा मोटर्सका गाडीहरू किन्ने हाम्राग्राहकहरूलाई हाम्रायीवर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ। “

उक्त सर्भिस सेन्टरको जानकारी गराउनु हुँदै सिप्रदीकम्पनीजकाप्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्नुभयो “हामी सदैव ग्राहकहरुलाई उत्कृष्ट भन्दाउत्कृष्ट सेवाप्रदान गर्न प्रतिवद्ध छौ । यही प्रतिवद्धता स्वरुपसिप्रदीले दक्षजनशक्तिएवं अत्याधुनिकनयाँवर्कशप सञ्चालनमाल्याइएको हो ।”टाटाका ग्राहकवर्गले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनीइन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

रासस