२०८१ बैशाख २१ , शुक्रवार

सुनको भाउमा गिरावट जारी

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९७ हजार ४८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार १० र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ ।