२०८१ बैशाख २० , बिहिवार

गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितका लागि रु. १ करोड सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं । गोर्खा ब्रुअरी प्रालिले जाजरकोट भूकम्पपीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमबराबरको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए। डीएमडी सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए। उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको तथा विशेषगरी कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरुमध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे।

गोर्खा ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियरजस्ता ब्रान्डद्वारा नेपालमा संगीत, खेलकुदलगायत अन्य विभिन्न क्षेत्रको विकासमा सहयोग पुर्याउँदै आएको सिलवालले बताए।