२०८१ बैशाख १९ , बुधवार

एनसेलद्वारा काठमाडौं, भैरहवा र जनकपुरमा बम्पर पुरस्कार हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन् । त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिईन् ।

यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो र यो भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको थियो ।

“यो योजना अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने हाम्रो प्रयासको एक प्रमाण हो ।” जाब्बोरले भने । “यो कस्टमर इन्गेजमेन्ट योजनामार्फत हामीले एनसेलका बारेमा ग्राहकका बिचारहरु हजारौ नाराका रुपमा पाएका छौं र हामी उहाँहरुको भावनालाई सधैं कदर गर्दछौं ।”

्यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौडामा बम्पर प्राइज हस्तानतरण गरेको थियो । बाँकी रहेका १ जना विजयेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तानतरण गरिनेछ ।

एनसेलले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरुबाट बुधबार रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । रासस