२०८१ बैशाख १५ , शनिवार

क्लोजअप नेपालद्वारा “अरिजीत सिंह लाईभ इन नेपाल” कन्सर्टको टाईटल स्पोन्सरशिप घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं । विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रुपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरु बनाउदै, युवासंग सम्बन्ध गाँस्ने प्रतिबध्दतालाई जारी राख्दै अति अपेक्षित “अरिजीत सिंह लाईभ इन नेपाल” कन्सर्टको टाईटल स्पोन्सरशिपको खुसी र गर्व साथ घोषणा गर्दछ।

सन् २०२३, नोभेम्बर २५ काठमाण्डौँ, बौद्धस्थित हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम। एन। प्रोडक्सन्सले गरिरहेको छ। यस कन्सर्टमा आउनुहुने सबैका लागि अविस्मरणिय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ। पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसंग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक संजालमा फर्स्ट मुभ ३ल्बवष्पब्बग डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उदेश्य रहेको थियो।

यो स्पोन्सरशिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो। यस कार्यक्रमको टाईटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासंग दीर्घकालिन सम्बन्ध स्थापना गर्नु हो । यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकहरु प्रति क्लोजअप नेपाल आभारी छ।