२०८१ बैशाख २२ , शनिवार

मंसिर १० गतेसम्म थपियो हज यात्राका लागि आवेदन दिने म्याद

Nepal-Hajj-Committee

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँका अनुसार हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको छ ।

समितिले यसअघि  गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरुभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम म्याद थप गरिएको कार्यवाहक अध्यक्ष मियाँले जानकारी दिए ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।