२०८१ बैशाख २१ , शुक्रवार

घट्यो सुनचाँदीको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ । मंगलबार सोमबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८७ रुपैयाँ ५० पैसा तोकेको छ ।