२०८१ जेठ ५ , शनिवार

कांग्रेस महासमिति बैठकको मिति फेरी सर्यो, अव पुस १६ देखि १९ गर्ने जानकारी

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मंगलबार  यसबारेमा जानकारी दिएको हो ।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।