२०८१ जेठ ६ , आइतवार

रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

Rubina-kshetri-sita-rana-magar

सुनाखरी न्युज/ काठमाडौं ।

वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् ।

हङकङमा आयोजना हुने  यी दुई खेलाडीले यसअघि फेयरब्रेकमा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दुई टोलीबीच हुने वुमन्स् अल स्टार्स टी–२० सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।

 

त्यसपछि नोभेम्बर १५ देखि २९ सम्म हङकङमै चार देश सम्मिलित हङकङ वुमेन्स टी–२० आई सिरिज हुने छ । जहाँ नेपालको राष्ट्रिय महिला टिमले भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।