२०८१ बैशाख २३ , आइतवार

नेप्सेमा मंगलबार पनि शुधार, के अव बजारले गति लेला ?

Share-Working

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ७६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ९९ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता ६८९ रुपैयाँ पुगेको छ । यस्तै सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेड र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूलय पनि ५ प्रतिशत भन्दा बढिले बढेको छ ।

 

आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ९ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।