२०८१ जेठ ४ , शुक्रवार

चौधरी फाउण्डेनद्वारा राहतवितरण जारी राख्दै भूकम्पबाट घरविहिनहुनु भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’निर्माण गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमकाभूकम्प पीडितका लागि राहतवितरण कार्य जारी राखेको छ । चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्रीवितरण गरिरहेको छ ।

फाउण्डेसनले जाजरकोट र रूकुमकाविभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीयप्रशासनसँगको समन्वयमा राहतवितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्पप्रभावित क्षेत्रमा पु¥याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्कालआवस्यक पर्ने राहतव्यवस्थापन गरिरहेको छ । र, राहतवितरण कार्य जारी रहनेछ । तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिनहुनु भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिनहुनु भएकाभूकम्पप्रभावितहरूलाई ओतमुनि पु¥याउनु आवस्यक छ ।

यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउण्डेसनले भूकम्पप्रभावितहरूकालागि ‘ट्रान्जिसनल होम’निर्माण गर्ने निर्णय लिएको छ । स्थानीयप्रशासन÷ स्थानीयपालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’निर्माणका लागिआवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीयनिकायले सेल्टर निर्माणका लागिआवस्यक पर्ने जमिन र स्थानीयतहमै उपलब्ध सामानएवं श्रमको व्यवस्थापन गर्नेछन् ।यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ । चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय विनोद चौधरीले भन्नुभयो–‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवनयतिखेर कष्टकर बनेको छ ।

उहाँहरूको पीडामा मल्हमलगाउने काममाहामीले कत्तिपनिविलम्ब गर्नु हुदैन । यहि मर्मलाई आत्मसाथगर्दै चौधरी फाउण्डेसनले तत्काल राहतकाकार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिनबन्नु भएकामहानुभावकालागिचिसोबाट जोगाउन छानोमुनिफर्काउने कामलाई पनितिब्रतादिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमापुगेर काम शुरू गरिसकेको छ ।’मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनिअध्यक्ष चौधरीले आव्हान गर्नु भएको छ । फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनलहोम’निर्माणको कामपश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमतिभईसकेको पनिहामीजानकारी गराउन चाहान्छौँ । मिति २०८०कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनकाप्रतिनिधि र नगरपालिकाका मेयर पुष्पवादीवीचउक्तनगरभित्रभूकम्पले घर भत्किएका ५० परिवारका लागियथासम्भव छिटो ‘ट्रान्जिसनल होम’निर्माण गर्ने सहमतिभएको छ ।उक्त सहमतिपछि मेयर वादीले भन्नुभयो– ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमापु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमाआइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’बनाउने सहमतिभएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’यसैगरि अन्य स्थानीयनिकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’निर्माणको काम अगाडि बढाइने जानकारी गराईन्छ ।

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूकालागिकरिव तीनहजार ‘ट्रान्जिसनल होम’निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागिपक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो ।भूकम्पप्रभावितकालागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादनभएको सफलकार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहजहुने विश्वास हामीले लिएका छौँ ।मानवीय सेवाको यस पवित्रकार्यमा सम्वन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्तहुने विश्वास पनिहामीले लिएका छौँ ।
रासस