२०८१ बैशाख २१ , शुक्रवार

आइशर प्रोफर्मर्स च्याम्पियनको उपाधी नेपाललाई

Capture

सुनाखरी न्युज/ काठमाडौं । व्यवसायिक अटोमोबाइल्स उद्योगको एक अग्रणी नामआइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर हरेक वर्षा गतवर्ष २०२२ मा पनि सफलतापूर्वक सम्पन्नभयो जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागिताजनाएकाथिए ।

व्यावसायिक साझेदारहरूको प्राविधिकक्षमताअभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रमआफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवातदेखि नै यसले व्यक्तिगतक्षमताको मुल्यांकनगर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकनगर्दै आएको छ र व्यवसायिकरणको नीतिमापनि यो प्रतियोगिताउत्साहको उत्प्रेरक बनेको छ ।

यस प्रतियोगितामाविभिन्न कठिन चरणहरू समावेश गरिएको थियो, जसमाअनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादनप्रदर्शन र केस स्टडीहरू समावेश गरिएकाथिए र यसको अन्तिम समापनकार्यक्रम नेपालमाआयोजना गरिएको थियो । यस प्रतिष्ठित प्रतियोगितामाविभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए । यो उपाधिहासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड ठाकुर कुमार गाह र आफिसर अशोक थापाको अतुलनिय योगदान रहेको थियो ।

ठाकुर कुमार गाह First Runner Up र अशोक थापाले Star Performer प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमताप्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिनुभएको थियो । उत्कृष्ट प्रदर्शन प्रदान गर्ने र आइशरको मूल्यवानग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले नै वहाँहरूलाई आइशर प्रोफर्मर्सको च्याम्पियनबनाइएको हो ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमाआत्यधिकग्राहकहरूले रुचाएको ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमाबिक्रीगर्दै आईरहेको छ । विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामाविविधमूल्य र प्रयोजनकालागिनयाँप्रविधिका साथविभिन्नउत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँआयामथप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

बिक्रि पछि आफ्नो ग्राहकलाई लक्षितगर्दै सर्विसमा आएको हरेक गाडी सोहिदिन डेलिभरीदिने व्यवस्था गराउँदै आइरहेको छ । साथै आइशरले आफ्नो ग्राहकलाई लक्षितगर्दै असोज पछाडी खरिद गरेको प्रतेक गाडीको चालकलाई रु २५ लाखको आकस्मिकबिमाउपलब्ध गराउँदै आइरहेको छ ।