२०८१ बैशाख २१ , शुक्रवार

घट्यो सुनचाँदीको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ ।

 

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ १० रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ५ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ ।