२०८१ बैशाख २३ , आइतवार

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, यस्तो छ कारण !

Ram Chandra

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।  भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको  राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार जानकारी दिए ।

‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले  भने ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

 

तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।