२०८१ बैशाख १६ , आइतवार

शेयर बजारमा सुधार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से २१.३० अंकले बढेर एक हजार ८ सय ४७ दशमलब ५४ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको छैन । यसदिन ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६५.८० रुपैयाँ पुगेको छ । यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ७५३ रुपैयाँ पुगेको छ ।

 

आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.२८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।