२०८१ जेठ ४ , शुक्रवार

सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावित लाई रु २५ लाख सहयोग गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्प बाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको छ ।

भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यकऔषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोग पुगोस्भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमाउक्त रकम प्रदान गरिने भएको हो । शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षतिभएको छ ।सिटी एक्सप्रेसले प्रकोप बाट ज्यानगुमाएका परिवार प्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वास्थलाभको लागि कामना गर्दछ।

 

सिटी एक्सप्रेसमनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७वर्ष देखि संसारभर बाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसमनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।