२०८१ जेठ ४ , शुक्रवार

प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा एनआई सी एशिया बैङ्को रु.५१ लाख सहयोगको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं । मुलुकभर फैलिएकाशाखा सञ्जालहरू मार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरू माझ गतिशील बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको एनआई सी एशिया बंैक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागिउद्दारतथा राहतवितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा रु. ५१ लाखनगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

२०८० कात्र्तिक १७गते राती कर्णालीप्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहतउपलब्ध गराउनउक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यानगुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफलभएको छ ।

वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।