२०८१ बैशाख २५ , मंगलबार

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्ताव गरेको छ।

 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेत बाट सेयरधनीहरु लाई चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी सत्रौँ वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।