२०८१ बैशाख २३ , आइतवार

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

vitamin-a-

सुनाखरी न्युज/ काठमाडौँ ।

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ । र जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ ।

सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।