२०८१ जेठ ४ , शुक्रवार

प्रभु बैंकको सीईओमा शेरचनको नियुक्तिविरुद्धको रिट खारेज

Ashok-Serchan_ceo_prabhu-ba

सुनाखरी न्युज/ काठमाडौं।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । शेरचनलाई बैंक तथा वित्रीय संस्था सम्बन्धी ऐन (बाफिया) विपरीत तेस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्ति दिएको भन्दै अभिवक्ता अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा शेरचनको नियुक्ती बदर गर्ना माग गर्दै रिट दायर गरेकी थिइन् ।

उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश प्रकाश खरेलको इजलासले बुधबार  शेरचनलाई सीईओमा गरिएको नियुक्त निर्णयविरुद्ध परेको रिट खारेज गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।

 

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि प्रभुले शेरचनलाई सीईओमा निरन्तरता दिएको थियो । १२ माघ २०७९ मा बसेको प्रभु बैंकको सञ्चालक समितिको बैठकले १५ माघ २०७९ देखि लागु हुनेगरी अशोक शेरचनलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रभुले सेञ्चुरी बैंकलाई गाभेर २६ पुस २०७९ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।