२०८१ बैशाख १७ , सोमवार

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

Samsad Bhawan

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको  बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

 

संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।

 

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेको छ ।

 

संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।