२०८१ बैशाख २० , बिहिवार

राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणी कायमै

national human rights commission

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगको घटुवा नहुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगहरूको संस्था ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को जेनेभा बैठकले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीलाई कायमै राख्ने निर्णय गरेको हो ।

 

 

नेपालको राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी यथावत राख्ने आधारमा असंवैधानिक तवरमा नियुक्त भएका पदाधिकारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका, संवैधानिक आयोगसम्बन्धी कानुन निर्माणका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको र आयोगलाई सोधेका प्रश्नको जवाफ चित्तबुझ्दो दिएको भन्ने उल्लेख गरिएको छ ।

 

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार गानरीले बुधबार आयोगलाई पत्र पठाउँदै ‘क’ श्रेणी कायमै रहेको जानकारी दिएको आयोगकी सहायक सूचना अधिकारी दुर्गा पोखरेलले जानकारी दिइन् ।

 

मन्त्रिपरिषद्ले पेरिस सिद्धान्तअनुसार कानुन निर्माण गर्नका लागि मन्त्रिपरिषद्का बैठकले निर्णय गरिसकेको छ ।