२०८१ बैशाख १७ , सोमवार

संसदको चालु अधिवेशन आजै अन्त्य गर्ने तयारी

Samsad

सुनाखरी न्युज/ काठमाडौं ।

संसदको चालु अधिवेशन बिहीबार अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ ।

 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल अनुसार आज संसद अधिवेशन अन्त्य हुने बताए ।

 

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने तयारी छ ।