२०८१ जेठ ५ , शनिवार

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो

Capture

सुनाखरी न्युज/ काठमाडौं । गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।