२०८१ बैशाख २० , बिहिवार

सरकारी कार्यालय अब ४ बजेसम्म मात्र खुल्ने

Home

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारी कार्यालयहरु बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरीका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् ।

शुक्रबारको भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् । जाडो याममा दिन छोटो हुने भएकाले यो ३ महिनाको अवधिमा हरेक वर्ष कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।