२०८१ जेठ ६ , आइतवार

तीन लाख बराबरको पटाका बरामद

pataka-1-800×445

 

सुनाखरी न्युज  / काठमाडौं ।

नजिकिँदो तिहार र छठका लागि गोप्य ढंगले बिक्री–वितरणका लागि ल्याइएको अनुमान गरिएको पाँचवटा प्लास्टिकका बोरामा प्याक गरिएको कोब्रा नामको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

 

सिराहाको धनगढीमाई नगरपालिका– ११ छपराढी चोकबाट प्रहरीले करिब तीन लाख रुपैयाँ मूल्यबराबरको पाँच बोरा बेवारिसे पटाका बरामद गरेको छ ।

 

प्रहरीका अनुसार पाँचवटा प्लास्टिकको बोरामध्ये एउटा बोरा खुलेको र बाँकी बोरामा पटाका प्याक रहेको अवस्थामा बरामद गरी धनगढी प्रहरीमा लगेर थप अनुसन्धान भइरहेको छ ।