२०८१ बैशाख २० , बिहिवार

घट्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं । सुनको भाउमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। सुनको भाउ आज बुधबार पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको भाउ गत सोमबार र मंगलबार पनि तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख १६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।