२०८१ बैशाख २५ , मंगलबार

भर्‍याङबाट लडेर वृद्धको मृत्यु

death

सुनाखरी न्युज / काठमाडौं ।

भक्तपुरमा घरको छतबाट ओर्लिने क्रममा भर्‍याङबाट लडेर एक वृद्धाको ज्यान गएको छ ।

 

भक्तपुर नगरपालिका- १०, भत्केपाटी बस्ने ६६ वर्षीय रत्नमाया दुवालको आफ्नै साढे दुई तले घरको छतको भर्‍याङबाट लडेर घाइते भएकोमा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो ।

 

आफन्तले उनलाई मध्यपुर अस्पताल लगेका थिए । तर उपचारकै क्रममा मंगलबार बेलुका ६स्१५ बजे उनको निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।