२०८१ जेठ ६ , आइतवार

सुषमा राजभण्डीको १९औं एकल चित्रकला तथा मुहार चित्र प्रर्दशनी

Capture

सुनाखरी न्युज/ काठमाडौं । पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली बाट कलाकार ‘सुषमा राजभण्डारी’को १९औँ एकल चित्रकला तथा ‘ख्याति प्राप्त कलाकारहरू’ द्वारा तयार पारिएका मुहार चित्र प्रर्दशनीको कार्तिक १४,२०८०,मंगलबार, नेपाल आर्ट काउन्सिल बबरमहलमा भव्य रुपमा समुद्घाटन भएको थियो ।

उक्त कार्यक्रमा प्रतिनिधि सभाका सभासद पूर्व मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ तथा रघुजी पंत,उच्च व्यक्तित्वहरुको साथै विभिन्न देशका राजदुतहरु,नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व कुलपतिहरु किरण मानन्धर तथा के.के.कर्माचार्य, पूर्व काठमाडौं जि.वी.स शिवसुन्दर बैद्य पूर्व चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, अभियान कर्ताहरु सुमन सायमी तथा विद्या श्रेष्ठ,उद्योगपतिहरु, समाजसेवी, व्यापारी,वरिष्ठ कलाकारहरु,तथा कलाकारहरु,वरिष्ठ साहित्यकारहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा अन्य गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कलाकार सुषमा राजभण्डारीको १९औं एकल चित्रकला
MY Journey नामक शिर्षकमा करिब तीन दर्जक कलाकृतिहरु सजिएको छ । चार दशकदेखि कलामा निरन्तर लागि रहेकी कलाकार सुषमा राजभण्डारीले देश तथा विदेशमा आफ्नो चित्र मार्फत एकल,सामुहिक,सेमिनार,गोष्ठी तथा कार्यशालामा सहभागी भएर ख्याति कमाई सक्नु भएकी छ । साथै संघ संस्थाहरु बाट विभिन्न पदक तथा पुरस्कार समेत प्राप्त गर्नु भएको छ ।

त्यस्तै सम्माननीय पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीको मुहार चित्र २१ जना ख्याति प्राप्त कलाकारहरु के.के कर्माचार्य,विजय थापा,चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य,गजेन्द्रमान श्रेष्ठ,सुषमा राजभण्डारी, एन.बी.गुरुङ्ग,उमेश श्रेष्ठ,कृष्णप्रकाश शाह, भिम श्रेष्ठ,पृथ्वी श्रेष्ठ,दिपेन्द्र बनेपाली,अजय देसार,आशुराम खैजू,विनोद गुप्ता, मदन श्रेष्ठ, बालकिशोर चौधरी,राजेश महर्जन,सितु मास्के,सूर्य दोडराजले बनाएर प्रर्दशनीमा सजिएका छन् । प्रर्दशनी अगामी १८ कार्तिक २०८० सम्म रहने छ ।