२०८१ जेठ ५ , शनिवार

टेवल वाट खसेको काचको गिलास

397394061_846337650296904_2656146855425741756_n

डा.प्रकाशचन्द्र लोहनी । हाल ठुला दलका ठुला नेताहरुले अन्य दलहरुले उठायका प्रश्नहरु वारे केहिदिनमै जवाफ दिने खवर पढियो।यस सन्दर्भमा निम्न प्रश्नहरुको जवाफ दिन म सवै ठुला नेताहरु लाई अनुरोध गर्दछ।

१)नेपाल लाई एसियाको सवैभन्दा गरिव राष्ट्र वनाउन तपाईंहरुको योगदानको कसरी मुल्यांकन गर्ने ?
२)नेपालमा भ्रष्टाचार र लुटको राजनैतिक संस्कृतिको संस्थाकरण गर्न तपाईंहरु ले पुराउनु भयको “महान” य‍ोगदानको कसरी मुल्यांकन गर्ने ?
३)देशका अधिकांश युवाहरु लाई बाध्यात्मक स्थिति श्रृजना गरेर विदेश पठाइ नेपाली हरु भनेको अरुको लागि रगत/पसिना वगाउने मात्र हुन भन्ने मान्यता लाई संस्थाकरण गर्ने तपाईं तीन ठुला दलहरुको को सामान्ति नीति लाई कसरी व्याख्या गर्ने ?
४)नेपालमा सरकारि पद लिलाममा वेचेर देश र जनता लुटने तपाईं हरुको अघोषित “अग्रगामी”संस्कार वाट अब हामी कति पिडित हुने ?
५)जहानिया शासनमा जस्तो तपाईंहरुले पालेका भुरे-टाकुरे सामान्तहरुको स्वार्थको लागि शासनका महत्त्वपूर्ण पदहरु भागवन्डा गरेर प्रतिगमनको अखडा वनाउने तपाईंहरु जस्ता व्यवहारमा प्रतिगमनकारी विरुद्ध अब किन विद्रोह नगर्ने ?
६)गरिव किसानका नाममा तपाईहरुका दलका लाउकेहरुले ७० प्रतिसत भन्दा वढि अनुदान लुटेका/ हातपारेका छन।तैपनि हामी किसानको पक्षमा छम भन्न तपाईंहरु लाइ लाज लाग्न पर्ने होइन र ?
७)खुलेआम ज्यानमारा हरुलाइ छोडने तपाईंहरुको मिलिमतो नै प्रजातन्त्र र कानुनि राज्य हो ? देशमा कानुन छ तर कानुनि व्यवस्था छैन।यस्को लागि तपाईं हरुलाइ अपराधी किन नभन्ने ?
८)नेपालीहरु लाई विकासको सपना वाडने तर यहाँ भयका उध्योग हरु विनास गर्दै देशको बैंक हरुमा रहेको ठूलो धनराशि सिमित व्यापारी हरुको कव्जामा राखेर साना उध्योगि,किसानहरुको शोषण गर्ने तपाईंहरुको नीति जनतामारा र सर्वहारा विरुद्धको चरम शोषणको अौचित्य के हो ? जवाफ छ ?
९)नेपाल लाई उत्पादन र निर्यातमुखि वनाउनुको सट्टा उपभोग र आयातमुखि वनाउने,आफ्ना आसेपासे र परिवार लाई धनाड्य वनाउने तपाईं हरुको आर्थिक मोडलको के कुनै दर्शन छ ? कुनै सिद्धान्त छ ? विचार छ ?
१०)देशको राष्ट्रियता भ्रष्टहरुको जमातले सुरक्षित गर्न सक्दैन ।जनताको मनोवल र विस्वास लुटाहा संस्कृति लाई आफ्नो आदर्श सिद्धान्त संझने लुटाहा जमातले उठाउन सक्दैन।अनुशासनहिनता आर्थिक अराजकता,कानुनी अराजकता,तथा देशका युवाहरु लाई देश बाहिर जान बाध्य पार्ने हतकडिमा देशलाई वाधेर कति समय राख्ने ? हामी जवाफ सुन्न चाहान्छौ।
११)तपाइहरुको दलिय शोषणको हतकडि र दासहरुको कुकृत्य वाट देश बचाउन अब आवाज उठाउनु राष्ट्रियता र राष्ट्रिवाद होइन र ? वास्तवमा अपराधीक मनस्थिति लाइ राजनीति संझने संस्कारमा देश प्रतिको इमानदारी हराउन थालेको छ।यसको विरुद्ध संघर्षको विकल्प छैन भन्ने आवाज उठाउनु के गलत हो र ?
१२)हामीलाई अब मिसन ८४को सपना बेकार छ।वर्तमान अर्थात ०८०/०८१ मा कसरी वाच्ने र विदेशि सामु दास संस्कृति वोकेका तपाईं हरु जस्ता ठालुहरु वाट देश कसरी वचाउने भन्ने प्रश्न मुख्य भयक‍ो छ।देश लुटिराख्ने सपनाको लागि तपाइहरु लाई मिसन ८४ आवश्यक लागेको होला तर आम जनता लाई ०८०/०८१ महत्त्वपूर्ण भयको छ।हिजोको नारा र भोलिको सपनाको जाल सवै बेकार छन।आजको यथार्थको उपेक्षा गरे पनि जनता चुप लाग्छन र आफ्नो भ्रष्टाचार र सोषण को रजाइ कायम रहन्छ भन्ने तपाईंहरुको कल्पना टेवल वाट खसेको काचको गिलास जस्तो चकनाचुर हुन वाट कसैले रोक्न सक्ने छैन।