२०८१ बैशाख १६ , आइतवार

नेप्सेमा गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ ।

 

सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज एक करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
रासस