२०८१ बैशाख १७ , सोमवार

चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड हुने

IPO

 

सुनाखरी न्युज / काठमाडौँ ।

चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड यही बिहीबार हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट गर्ने भएको हो। प्री- अलोटमेन्ट सम्पन्न भएसँगै यसै साता भित्र आइपीओ बाँडफाँड गर्ने योजना रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

 

कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५।३६ गुणा बढी आवेदन हो । यता, चिरख्वाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ ।

 

यस अनुसार ८५ हजार ९३० जनाले सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २६ हजार ७१५ हजारको हात खाली हुने भएको छ ।‘आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी भइरहेको छ’, आरबीबी मर्चेन्टका एक अधिकारीले भने, ‘बाँडफाँट गर्न लागेकोबारे धितोपत्र बोर्डमा जानकारी गराइसकेका छौँ।’ यो आईपीओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको थियो।