२०८१ बैशाख २५ , मंगलबार

बलात्कार आरोपमा युवक पक्राउ

arrestad 3

सुनाखरी न्युज /  काठमाडौँ ।

रोल्पामा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुङग्री गाउँपालिका ६ तल्लो गुम्चालका २८ वर्षीय नुमबहादुर रोका रहेका छन् । उनलाई प्रहरीले सोमवार बिहान पक्राउ गरेको हो ।

 

नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।  प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका रोका ती युवतीलाई लुङग्री गाउँपालिका ६ बेरी साउनेपानीमा आइतवार राति जबरजस्ती करणी गरी फरार भएका थिए ।

 

रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।