
किरण गिरी । राष्ट्रसंघका महासचिव एन्टोनियो मेनुएल द ओलिभिएरा गुटेरस
यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । आजै कार्तिक १४ गते उहाले हाम्रो संसदको दुबै सदनको संयुक्त बैठक लाई अपह्रान्न -४:०० बजे संबोधन गर्दै हुनुहुन्छ । उहाले राष्ट्रपति , प्रधानमन्त्री , प्रमुख राजनीतिक दलाका सभापति / अध्यक्ष र नेता हरु संग भेटघाट र छलफल गरिसक्नु भएको छ ।
(१९४९- ) पोर्चुगलको ३० वर्षको रेकर्डमा अत्यन्त सफल र लोकप्रिय पूर्वप्रधानमन्त्री (१९९५–२००२), राजनीतिज्ञ तथा कुटनीतिज्ञ समेत हुन यु एन महासचिव गुटरेस ।
आफ्नो देशमा उनी पोर्चुगिज सोसलिस्ट पार्टीका नेता हुन् । पोर्चुगललाई युरोपेली संघको सदस्य बनाउने कार्यमा उनको निर्णायक भूमिका रहेको छ ।
क्याथोलिक क्रिस्टियन धर्मावलम्बी उनी एकदशक (२००५–२०१५) सम्म शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त र सोशलिस्ट इन्टरनेशनलका अध्यक्ष (१९९९–२००५) पनि भइसकेका व्यक्ति हुन् । अघिल्ली पत्नी लुइसाको ५१ वर्षमा क्यान्सरबाट निधन (१९९८) भएपछि यिनले हालकी क्याटरिना (१९६०) सँग २००१ मा बिहे गरे ।
करिब एक करोड ३० लाख जनसंख्या भएको युरोपको सुदूरपश्चिमवर्ति मुलुक पोर्चुगाल विश्वमा उपनिवेश बनाउँदै हिंड्नमा पहिलो मुलुक हो । प्रतिव्यक्ति आय झन्डै २४ हजार डलर भएको, मानव विकास सूचकांकमा ४० औं उत्तम स्थानमा रहेको यो मुलुक विदेशी ऋण धेरै लिनेमा पर्दछ ।
तर आन्तरिक अर्थतन्त्र राम्रै मानिन्छ । यन्त्र तथा उपकरण, विद्युत सामग्री, जहाज निर्माण, प्लास्टिक, सेरामिक, खाद्य, फर्निचर, सिमेन्ट, पेट्रोरसायन, माछामार्ने, पर्यटन आदि उद्यम अर्थतन्त्रका आधारस्तम्भ हुन् ।
महासचिव गुटेरस आफ्नो राष्ट्रिय भाषा पोर्चुगिजका अतिरिक्त स्पेनिश, अँग्रेजी र फ्रेन्च भाषा पनि बोल्छन् ।
२०१६ मध्य डिसेम्बरतिर महासचिवको सपथग्रहणका अवसरमा उनले राष्ट्र संघका महत्वपूर्ण प्राथमिकता शान्ति, दिगो विकास र व्यवस्थापनमा प्रकाश पारेका थिए । भ्रमण सफलता को कामना सहित यु एन महासचिव को नेपाल बसाई सफल र सुखद रहोस
उहाको भ्रमणबाट नेपालको शान्ति प्रक्रिया को बाकी काम दलिय सहमति र सर्बोच्च अदालत को आदेश , पीडितहरुको भावना र शान्ति प्रक्रिया को अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूरा हुने छ भन्ने बिश्वास गरिएको छ ।
किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।