२०८१ जेठ ६ , आइतवार

  प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी

hattya
सुनाखरी न्युज/ काठमाडौं । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
टाउको र छातीमा गोली लागेर घाइते हुनुभएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ ।
विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ । प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिनुभयो ।   रासस