२०८१ बैशाख १६ , आइतवार

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन झिनो अंकको सुधार देखिएको छ । आज नेप्से ३.०४ अंकले बढेर एक हजार ८ सय ७८ दशमलब ७० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ६९ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १२८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज पञ्चमन्यामाइ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ७.८२ प्रतिशतले बढेर प्रतिकित्ता १७७.९० रुपैयाँ पुगेको छ । यस्तै, आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूलय ५.८९ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ५.२६ प्रतिशतले बढेको छ ।

 

साेमबारकाे काराेबारमा सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ३ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।