२०८१ जेठ ४ , शुक्रवार

बैंकहरूको आधार दर घट्यो, ब्याजदर ९.९५ देखि १५.८३ प्रतिशतसम्म

Bank

सुनाखरी न्युज/ काठमाडौ ।
वाणिज्य बैंकहरूको औसत आधारदर कात्तिकमा  सामान्य घटेको छ। हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०.१२ प्रतिशतबाट घटेर १०.१ प्रतिशत भएको छ।

यी १३ मध्ये ९ वटा वाणिज्य बैंकको आधार दर घटेको छ भने दुई वटाको वृद्धि भएको छ। बाँकीको स्थिर छ। एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएको कारण आधार दर केही वृद्धि भएको हो। यससँगै कर्जाको ब्याजदर न्यूनतम ९.९५ देखि १५.८३ प्रतिशतसम्म कायम भएको छ।

बैंकहरूले कर्जामा अधिकतम १२ प्रतिशतदेखि १५.८३ प्रतिशतसम्म ब्याजदर लिने भएका छन्। बैंकहरूले कर्जामा आधार दर सहित एकदेखि पाँच प्रतिशतसम्म प्रिमियम तोकेका छन्।

राष्ट्र बैंककाअनुसार गत भदौसम्ममा भने बैंकहरूको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत छ। यस्तो औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो।

बैंकहरूले कात्तिकको लागि निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। यसले मंसिरमा बैंकहरूको आधार दर थप घट्नेछ।