२०८१ बैशाख २० , बिहिवार

निरन्तर एक पछि अर्को रेकर्ड वनाएको सुनको मूल्य शोमबार भने तर झर्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

निरन्तर एक पछि अर्को रेकर्ड वनाएको सुनको मूल्य शोमबार भने  घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार  सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको हो ।

छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

 

गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

शोमबार चाँदीको मुल्य पनि घटेर प्रति १० ग्राम १ हजार २ सय ९ मा झरेको छ ।