२०८१ जेठ ६ , आइतवार

रेड डट डिजाइन अवार्ड २०२३ विजेता चांगन डीपल SL03 नेपालमा 2024 को पहिलो त्रैमासिकमा सार्वजनिक हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं । आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षित रुपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल SL03 नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।

सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा नेपालकै सबैभन्दा ठूलोमध्ये पर्ने अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साता अघि गरेको थियो ।

डीपल SL03 डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।

स्रोतः रेड डट डिजाइन विजेता (इभी सेग्मेन्ट) :  www.red-dot.org/project/sl03-64098