२०८३ श्रावण २७ , बुधवार

संबिधान र गणतन्त्र पक्षधर राजनीतिक दलहरू तत्काल एक ठाउँमा उभिएर प्रतिगमन प्रयासको प्रतिबाद जरुरी

kiran

किरण गिरी । संयुक्त राष्ट्र संघका महासचिव को नेपाल भ्रमणबाट मुलुक को प्रतिष्ठा र बिश्वासनियता बढेको छ । सरकार र राजनीतिक दलहरू ले अब सर्बोच्च अदालत को निर्णय , पीडितहरुको भावना र शान्ति प्रक्रिया को अन्तर्राष्ट्रिय मान्यता अनुरुप शान्ति प्रक्रियाको बाकी काम अब तत्कालै सम्पन्न गर्नु जरुरी छ ।

 

यतिबेला हाम्रो राजनीतिमा केही अन्यौलता , केहि जिज्ञासा र केहि पुर्बाग्रह पुर्ण कुण्ठाहरु देखा पर्न थालेका छ्न ।
मेरो देश राजनीतिक पुनरावलोकन मोडमा उभिएको त होइन ? नेपालको संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को विकल्प छैन तापनि , कोशी प्रदेशमा कार्तिक – १ गते नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले नेकपा एमाले को सहयोग र समर्थनमा सरकारले बिश्वासको मत लिएको छ । कोशी सरकार निर्माण प्रकरणको पराकम्पन केन्द्र र अरु प्रदेशमा कहाँ सम्म पुग्छ वा रोकिन्छ ?
देशको संबिधान कार्यान्वयन ,
गठबन्धनको निरन्तरता ,
राज्य सञ्चालन पध्दतीको निरन्तरता ,
राजनीतिक दलको नेतृत्व दुरदर्शिता ,
राजनीतिक दलहरू क्षमता ,
भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत
संघीयताको निरंतरता माथि नै गम्भीर प्रश्न अन्यौलता उठिरहेका छन । यसको निराकरण र संबोधन गर्ने काम नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , रास्वपा र मधेसबादी राजनीति दल को प्रमुख दाइत्व हो । अन्यथा देश गम्भीर राजनीतिक दुर्घटनामा पर्न सक्दछ । आजको राजनीति अबस्था र परिस्थितिले संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र नचाहने हरुको मनोबल ह्वात्तै उठाएको छ ।
संसदीय राजनीतिको मुल्य र मान्यतामा देखा परेको ह्रास , विधि र पध्दतीमा देखा परेको ह्रास लगायतका क्षेत्रमा देखा परेका परिदृश्यका कारण संबिधान र गणतन्त्र बिरोधि पक्ष बाट नेपाली राजनीतिमा गम्भीर अन्यौलताको मोड निम्त्याउने प्रयत्न हुन थालेका छन ।

 

नेपाली कांग्रेसले गम्भीर भएर बर्तमान राजनीतिक परिस्थिति को समिक्षा र पुनरावलोकन गरेर देशलाई उपयुक्त र दीर्घकालीन राजनीतिक निकास दिनु पर्ने अबस्था देखिन्छ । सबै खाले आन्दोलन र परिवर्तन अनि संबिधान निर्माण तथा कार्यान्वयन को नेतृत्व गरेको नेपाली कांग्रेस ले मुलुकमा देखा पर्न लागेको यो राजनीति , सामाजिक र आर्थिक अन्यौलता अनि बिकृती लाई चिर्दै सबै राजनीतिक दल र शक्तिहरु लाई समेटेर अगाडि बढ्नु को विकल्प देखिदैन। नेपालको संबिधान -२०७२ मर्म र भावना , आम निर्वाचन २०७९ को जनादेश बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा उपयुक्त कदम चाल्न ढिला नगरौं । होइन भने परिस्थिति नेपाली कांग्रेस का लागि – ” कहाँ थियौं रंगमञ्च उठे पछि आयौं , समयले जवानी लुटे पछि आयौं ,, भने जस्तै हुन बेर लाग्दैन ।

 

नेपाली कांग्रेसको केन्द्रिय तहमा मेरो आफ्नो राजनीति पद , हैसियत , भुमिका र जिम्मेवारीका कारण अहिले लाई यति मात्र ।
देशमा एउटा गम्भीर राजनीतिक दुर्घटनामा संभावना देख्दा देख्दै नेपाली कांग्रेस , एमाले , माओवादी , रास्वपा तथा मधेस बादी लागायत संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरू एक ठाउँमा उभिनु जरुरी देखिन्छ । संबिधान र गणतन्त्र सम्बर्द्धनका लागी पनि देशले नेपाली कांग्रेस कै नेतृत्वमा राजनीतिक खोजिरहेको छ । भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको चियापान कार्यक्रममा प्रधानमन्त्री लगायत प्रमुख राजनीतिक दलका नेताहरु संबिधान तथा गणतन्त्र विरुद्धका प्रयास र षड्यन्त्र विरुद्ध केहिदिन भित्र नै प्रतिबाद गर्ने धारणा सार्बजनिक गरिसकेका छ्न । यो एक हदसम्म सकारात्मक कुरा हो ।

किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य ।