२०८१ जेठ ५ , शनिवार

संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं: राष्ट्रसंघ महासचिव गुटेरेस

ggg

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् ।  उनले  यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने बताए ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

 

भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’