२०८१ बैशाख २१ , शुक्रवार

सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दु : ख व्यक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एवं एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दु : ख व्यक्त गरेको छ ।

 

सीबीफीनले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ । विज्ञप्तिमा कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै गर्दै निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको तथा भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरकोरुपमा नेपालमा प्रथमपटक सफलतापूर्वक भित्र्याएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाईमा पु र्‍याएको उल्लेख छ ।

 

साथै विज्ञप्तिमा श्रेष्ठले नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानहरुप्रति खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं भनिएको छ ।